दफा १३
भिसा दस्तूर नलाग्ने

यो ऐन वा प्रचलित कानून बमोजिम तहकिकातको क्रममा थुनामा परेकोकुनै विदेशीको हकमा थुनामा रहेको अवधिसम्म र मुद्दा दायर गरिएको विदेशीको हकमा त्यस्तोमुद्दा दायर गरिएको दिनदेखि मुद्दाको फैसला भई कैदको सजाय भएकोमा कैद भुक्तान भएको दिनसम्म र जरिवाना मात्र भएकोमा जरिवाना बुझाएको दिनसम्मको भिसा दस्तूर लाग्ने छैन ।